Written by: Sambhavya Pandey - 30027, Grade IV
Posted on: 19 January, 2022
मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो l मेरो विद्यालय पशुपति नजिकै सिफलमा छ । मेरो विद्यालयमा कक्षा १ देखी १२ सम्म पढाइ हुन्छ । यो ठुलाे छ । मेरो विद्यालयमा फूलबारी छ । वरिपरि रुखहरु पनि छन् । बास्केटबल खेल्ने ठाँउ छ, अरु खेलहरु खेल्न ठाँउ पनि छन् । हाम्रो विद्यालयमा पढ्इको साथै अरु धेरै क्रियाकलाप हरु हुन्छन् । जस्तैः योगा, चित्रकला, ड्रामा, तैक्वान्दाे आदि । मेरो विद्यालयमा संस्कृत पनि पढाइ हुन्छ । यहाँ धेरै शिक्षक र शिक्षिका हुनुहुन्छ ।सबै शिक्षक र शिक्षिकाहरू अनुभवी हुनुहुन्छ । सबैले माया गरेर पढाउनुहुन्छ । विद्यालय बन्द भएकाे बेलामा हामीलाई चाँडै खुले हुन्थ्या झैँ लाग्छ । हाम्रो विद्यालयमा कक्षाकोठाहरुको नाम हिमालहरुकै नामबाट राखीएको छ । जस्तै सगरमाथा, मनास्लु,माछापुच्छ्रे , अन्नपूर्ण , लाङटाङ , मकालु ,धवलागिरी, चाेयु, कञ्नजङ्घा,लोस्से आदि । म कक्षा ४ मा पढछु । मेरो कक्षाकोठा नाम लाङटाङ हो। मेरो विद्यालय धेरै रमाइलो छ । मलाई असाध्यै मन पर्छ ।