Logo

Student Corner

अनुशासन

Written by: Suprabh Acharya - 27014, Grade VII

Posted on: 19 January, 2022

अनुशासन भन्नाले  आफैँले आफूलाई नियम र शासनमा राख्नु वा बाध्नुलाई बुझाउँछ । अनुशासन मानिसकाे सबैभन्दा ठुलाे गुण हाे । हामी हरेक मानिसहरू आ-आफ्नाे अनुशासनमा रहनुपर्छ ।  प्रत्येक मानिसले घर परिवार समाज तथा देशका नियम तथा मर्यादामा रहेर आफ्ना काम र कर्तव्य गर्नुपर्छ । सधैँ सही मार्गमा हिड्नु, आफूभन्दा ठूलालाई आदर गर्नु, सानालाई माया गर्नु, साथिभाइहरूसँग झैझगडा नगर्नु, आफ्ना काम सधैं समयमा पूरा गर्नुलाई अनुशासन पालना गरेकाे मानिन्छ । अनुशासनकाे पालनाले मानिसलाई असल, गुणी र सफल बनाउँछ । अनुशासनलाई पालना गर्ने मानिसलाई घर परिवार समाजका सबैले मन पराउँछन् र प्रतिष्ठित पनि हुन्छन् ।

व्यक्तिले अनुशासनका कुरा घर, परिवार, समुदाय, विद्यालय, किताब अध्ययनबाट सिक्दछ । विद्यालय गएर एउटा बालकले साथीहरूसँग मिलेर बस्न सिक्छ, मिलेर खेल्न सिक्छ, नम्र र कर्तव्यनिष्ठ हुन सिक्छ । आफ्ना काम नियमित र  समयमा गर्न सिक्छ । घर परिवार र समुदायबाट असल मान्छे बन्न, ज्ञानी बन्न सिक्छ भने विद्यालयका गुरूहरूबाट असल मार्गमा हिड्न सिक्छ । मानिसले आफ्ना हरेक पलहरूमा र ससाना कुराहरूमा आफूलाई अनुशासनमा राख्न सिक्नुपर्छ ।

संसारकाे जुनसुकै कुनामा रहेर जस्ताेसुकै काम गरे पनि मानिसले अनुशासनकाे पालना गरेकै हुनुपर्दछ । अनुशासन नमान्नाले जीवन कठिन बन्दछ । मानिसले आफ्नाे जीवन कालमा विभिन्न स्थानमा रहेर, विभिन्न पेसा, काम, व्यवसाय गरेर बसेका हुन्छन् । यस्ता जुन क्षेत्रमा रहे पनि उसले ती क्षेत्रका अनुशासनलाई मान्नुपर्दछ । जस्तै एउटा विद्यार्थीले विद्यालयका अनुशासन, एउटा कर्मचारीले कार्यालयकाे अनुशासन, र एउटा खेलाडीले खेलकाे अनुशासनकाे पालना गर्नुपर्दछ । व्यक्तिगतदेखि समूहमा गरिने हरेक काममा अनुशासनकाे आवश्यकता पर्दछ ।

असल बानी पनि अनुशासनकाे लक्षण हाे । अनुशासनकाे पालना कसरी गर्नुपर्छ र गरिरहेका छन् भन्ने कुरा सूर्य उदाउनु र अस्ताउनु, फूलहरू फुल्नु, बाेट विरूवामा मुना पलाउनु र पात झर्नु, माटाेमा अन्न फल्नुबाट पनि बुझ्न सकिन्छ । हामी सबैले अनुशासनकाे पालना गरेमा हाम्राे घर, परिवार, समुदाय, समाज र देश नै अझ सुन्दर बन्दछ । हामीले सानैदेखि अनुशासित व्यक्ति बन्न सिक्नुपर्छ । अरूलाई पनि अनुशासित बन्न प्रेरणा र सल्लाह दिनुपर्दछ । अनुशासनकाे महत्त्व सदा रहिरहने कुरा हाे । यसकाे महिमा कहिल्लै घट्दैन । अनुशासनकाे  निरन्तर पालना र प्रयाेग गर्नु हामी विद्यार्थीकाे पहिलाे कर्तव्य हाे ।