Logo

Student Corner

अहिलेको युगमा सामाजिक सञ्जालको आवश्यकता |

Written by: Manaswi Sapkota - 26004, Grade VIII

Posted on: 18 January, 2022

हामी मानिस सामाजिक प्राणी हौं। हामी सामाजिक प्राणी भएकाले हामीलाई सामाजिक अन्तरक्रिया चाहिन्छ। त्यसैले हामिलाई सामाजिक सञ्जाल चाहिन्छ। पहिले सामाजिक सञ्जाल भनेको क हो? सामाजिक सञ्जाल भनेको इन्टरनेटमा भएका प्लेटफर्महरूमा अन्तरक्रिया गर्नु हो। फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युब, आदि सबै सामाजिक सञ्जालका प्लेटफर्म हुन्। यी प्लेटफर्महरूले हजारौ मानिसहरू जोडेका छन्। यी प्लेटफर्म नभएका थिए भने धेरै मानिसहरू भेट्न पाउदैनन् थए।

सामाजिक सञ्जालले मानिसहरू जोड्न काम मात्र गर्दैन। सामाजिक सञ्जालले समाचार र सूचना पनि फैलाउँछ। अहिलेको युगमा त सामाजिक सञ्जाल झन आवश्यक छ। आजकल प्राय सबै मानिसहरूले जानकारी र समाचार सामाजिक सञ्जाल प्लेटफर्म मार्फत प्राप्त गर्छन्। यसको मतलब यो हो कि यदि सामाजिक सञ्जाल हराउने हो भने मानिसहरू अनजान छोडिनेछन्। अहिलेको समयमा सुचना पाउने मात्र होइन बैंकिङ, बजेटिङ, व्यावसायिक कामहरू जस्ता कुरा पनि हामिले सामाजिक सञ्जाल मार्फत गर्न साक्छौँ। धेरै मानिसहरूले आजकल अनलाइन व्यापार गर्छन् त्यसैले सामाजिक सञ्जाल भनेको आम्दानी पाउने ठाउँ पनि हो। सामाजिक सञ्जालले एउटा मान्छेको व्यापारलाइ पनि ठूलो पार्छ। सामाजिक सञ्जालले विद्यार्थीहरूलाई पनि फाइदा दिन्छ। किन? सामाजिक सञ्जालले विद्यार्थीहरूलाई आफ्नो राचनाहरूको प्रदर्शन गर्ने अवसर दिन्छ। यती मात्र होइन सोशल मिडियाले विद्यार्थीको अध्ययनको बारेमा गलत बुझाइ हटाउन पनि मदत गर्छ। सामाजिक सञ्जालले मानिसहरूलाई नयाँ कुराहरू पनि सिकाउछ। अहिलेको समयमा सामाजिक सञ्जालनै सबै हो।

निष्कर्षमा सामाजिक सञ्जालले सबैलाई आफ्नो रचनाहरू प्रस्तुत गर्न, व्यपार सुरू गर्न र बडाउन, पढ्न, नयाँ कुराहरू सिक्न, जस्ता कामहरू गर्न सहयोग गर्छ। सामाजिक सञ्जालले मान्छेहरूलाई जोड्छ र मान्छे र मान्छे बिचको सम्बन्धलाई दरो बनाउछ। यी सबै कारणले अहिलेको युगमा सामाजिक सञ्जाल धेरै आवश्क छ।