Logo

Student Corner

जाडाे बिदा

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 17 January, 2022

पाैषकाे महिना घाम खासै नदेखिने
बादल र अन्धकारले ढाकिएकाे
परीक्षापछि आनन्दले बस्ने रहर
बिदामा घरमा बसी निकै कुरा सिक्ने रहर ।।१।।

जाडाेले गर्दा बिहान उठ्नै मन नलाग्ने
घाम तापाैँ  भने घामकाे मुख नै नदेखिने
भाइ बहिनी कराएर दिन भरि हैरान पार्छन् 
केही गराैँ भन्दा पनि अल्छीपनाका लहर जाग्छन् ।।२।।

घाम नभएपछि हिटर बाल्ने
हिटर नबाले बिरामी हुने पिर
बाल्याे भने बत्तीकाे  बिल उठ्ने पिर
एउटा न एउटा त गर्नै पर्ने ।।३।।


पढ्नलाई निरन्तरता दिन बिदामा पढ्ने
कतै जाऊँ भने  जाडाेले जान मन नै नलाग्ने
अरू बेला नभ्याएर बिदाकाे बेला सहयाेग गर्ने रहर
हरायाे आफूसहित सबैलाई खुसी पार्ने रहर ।।४।।


नयाँ कुरा गर्ने भनेर याेजना बनाउने
नयाँ कुरा सिक्दा निकै खुसी हुने
राम्राे प्रयाेग गरी जाडाे बिताउने
नयाँ कुरा सिक्न नि पाउने खुसी पनि हुने ।।५।।

आफूमा भएका नराम्रा बानीहरू सुधार्ने
राम्रा बानी बेहाेरा अपनाउने
आफू राम्राे र सफल हुन्छाैँ भन्ने हाैसला राख्ने
अनि  आफैँ त्याे पूरा गरेर देखाउने।।६।।


बिदाकाे दिन घाममा बसी कविता लेख्दा
धेरै शब्द आउने तर प्रयाेग गर्न नआउने
बिस्तारै बिस्तारै गर्दै कविता पूरा गर्ने
कस्ताे हाेला भनी मन चिन्तित हुने।।७।।

विद्यालय कहिले खुल्लाजस्ताे हुने
घरमा बस्दा बस्दा निकै दिक्क लाग्ने
घरमा एक्लै हुँदा केही गर्न मन नलाग्ने
दिक्क लगाउने भाइबहिनीसँग खेल्न मन नलाग्ने।।८।।


समयकाे सदुपयाेग गरे गरिन्छ प्रगति
माेबाइल मात्र चलाउँदा  हुन्छ है दुर्गति
ठिक बेठिक केहाे बुझी अघि बढाैँ साथी
अहिले देखि मिहिनेत गरे पछि पुग्छाैँ माथि ।।९।।