Written by: Sambhavya Pandey - 30027, Grade IV
Posted on: 14 January, 2022
माघ महिनाको १ गतेलाई माघे सक्रान्ति भनिन्छ ।यसलाई मकर सङ्क्रान्ती पनि भनिन्छ । यो बर्ष यही आउदो शनिबार परेको छ । मलाई तिलको लडु धेरैमन पर्छ । त्यसैले मलाई यो माघे सक्रान्ति एकदम मन पर्छ ।यो दिन घीउ चाकु तीलको लडू खानि चलन छ । यस दिन तरुल सखरखण्ड पनि खानि चलन छ । तरुल, सखरखण्ड तीलको लड्डू अघिल्लो दिन नै बनाएर भोलिपल्ट खानि चलन छ । यस दिन खिचडी पनि खाने चलन छ । खिचडी कालोदाल र चामल सँगै मिसाएर बनाइछ अनि यसलाई घिउ राखेर खानुपर्छ । यस दिन तीर्थस्थल देवघाटमा ठुलो मेला लाग्छ । यसदिन देवघाटमा देश भरिका मानिसहरु स्नान गर्न जान्छन् । यो दिन थारू समुदायको ठुलो चाड पनि हो । उनीहरुले यस दिनलाई माघी पर्वको रुपमा धुमधाम सँघ मनाउँछन । थारू समुदायले मिठामिठा परिकार खाएर नाच गान गरेर मनाउछन ।