Logo

Student Corner

सबैभन्दा महङ्गो ढुङ्गा

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 10 January, 2022

एक जना धनी किसान थिए । उनीसँग एउटा महङ्गो ढुङ्गा थियो । उनले ढुङ्गालाई सुरक्षित तबरले राख्न धेरै पैसा खर्च गरेका थिए । उनले त्यो सबैलाई देखाउँथे। एक दिन एउटा बुढा किसानलाई देखाए । उनले पत्थरको फाइदा सोधे । धनी किसानले केही छैन भने । उनले भने, योभन्दा महङ्गो ढुङगा त म देखाउँछु भन्दै आफ्नो गाउँ लगे । त्यहाँ एउटा बुढीआमा जाँतो चलाउँदै थिइन् । बुढा किसानले भने यही हो बहुमूल्य दुङ्गा  किनभने यो कसैको जीविका हो र जीवन चलाउन मद्दत गर्छ। धनी किसानले भनेको कुरा बुझे र पत्थर बेचेर गाउँमा प्रगतिको काम गरे ।

निष्कर्ष:
‘अमूल्य उपहार’ दशवटा सामाजिक कथाहरूले बनेकाे कथासङ्ग्रह हाे । कथामा हाम्रै समाजमा घटेका घटनाहरूलाई विषय बनाई कथाहरू निर्माण गरिएकाे छ । कथाले समाजमा विभिन्न वर्गका पात्रहरूकाे चरित्रहरूकाे वर्णन पनि गरेकाे छ । कक्षा सातमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि याे कथासङ्ग्रह उपयुक्त नै छ भन्ने मेराे विचार छ ।