Written by: Sambid Dhakal - 30028, Grade IV
Posted on: 10 January, 2022
२०७७ सालकाे दसैँमा हामी आफ्नो गाउँ जान पाएका थिएनौँ । तर २०७८ सालकाे दसैँमा हामीले जाने अवसर पायाैँ । हाम्रो पनि गाउँ जाने योजना पहिलेदेखि बनेको थियो। मेरो बाबा र काका मिलेर गाडिकाे व्यवस्था गर्नुभएको थियो।
हामीले असोज २५गते जाने मिति तोक्याैँ । त्यस दिन हिड्ने बेलामा हामीले स्याउ खायौँ । गाडीमा हामी ८जना थियौँ गाडीमा हामी बाबा, मामु, काका, काकी , म र जुम्ल्याहा बहिनीहरू थियाैँ । करिब एक घण्टापछि हामी थानकोट पुग्यौं थानकोटमा धेरै लामो जाम भयो । २०, ३० मिनेटपछि जाम बल्ल खुल्यो। सबैजना मिठा-मिठा कुरा गरिरहनुभएको थियो। तर म भने हरियाली दृश्य हेर्नमा मस्त थिए । चारैतिर जङ्गल थियो। जङ्गलमा हरियाली रुखहरू थिए । मलाई झ्यालमा बस्न मन थियो तर मेरी दिदी म झ्यालमा बस्छु तिमी बिचमा बस भन्नुभयो। तर मलाई झ्यालमा बस्न मन थियो त्यसैले म मेरी दिदीकाे काखमा बसेँ र फेरी रमणीय दृश्यहरू हेर्नतिर लागे। हामीले बाटामा आलु चिप्स, बिस्कुट , चना र पानी खायाैँ। बाटोमा यस्तै-यस्तै हरियाली दृष्यहरूको अवलोकन गर्दै रम्दै दङ्ग पर्दै करिब पाँच बजेतिर म स्याङ्जास्थित मेरो गाउँको घरमा पुगेँ ।
घरमा मेरा साना-साना बहिनीहरू म आएको देखेर खुसीले उफ्रिँदै दङ्ग पर्दै म भएतिरै आए । मैले मेरा सानासाना बहिनीहरूलाई चकलेट बिस्कुट दिएँ र यो दिनभन्दा अगाडि मेरो जन्मदिन पनि परेकाले मैले जन्मदिनको चकलेट पनि सबैलाई बाँडेँ र केही समय उनीहरूसँग खेल्दै सबैजनालाई नमस्ते, नमस्कार गर्दै समय बिताएँ । केही थकाई लागेको कारणले खाना खाएर म सुतेँ । काेराेनाका कारण धेरै समयकाे अन्तरालमा आफ्नाे रमाइलाे गाउँ आउँदा मेराे मनमा आनन्द भयाे । म खुसीले फुरुङ्ग थिएँ ।