Logo

Student Corner

वनभाेज खान गएको रमाइलो ठाउँ

Written by: Ashish Dahal - 27004, Grade VII

Posted on: 13 December, 2021

(आज कक्षा सातका केही विद्यार्थीहरू वनभोज खान गएका छन् । र ऋषि, शिव, विमला, राहिम र अनुष्का वनभोज खाएर आएको ठाउँको कुरागर्दै छन् । 
ऋषि - आहा कति राम्रो ठाउँ।)

विमला - के छ साथीहरू आज त निकै रमाइलाे लागेकाे छ  नि है, ठाउँ पनि निकै रमाइलाे रहेछ ।

शिव - हाे नि चारैतिर हरियाली, खाेलानालाकाे कलकल ध्वनि, म त कताकता प्रकृतिकाे यही काखमा हराउँछु जस्तै लाग्छ ।  

ऋषि - यतिमात्र हाे र साथीहरू?  नेपालमा धेरै छन् यस्ता ठाउँ छन् ।  योभन्दा रमाइला रमाइला ठाउँ पनि छन।

शिव - म पनि नेपालमा नै हो तर पोखराको डेबिट फल र फेवा तालकाे पानीमा देखिने हिमालले त मेरो पनि मन  नै छोयो।

अनुष्का- गोदावरीको बाटाेनिरकाे बगैँचाकाे  झरना र सानो  ताल पनि के कम छ र ।

ऋषि - नुवाकोटको दरबार पनि अति नै सुन्दर छ नि ।

विमला - बज्र बाराही मन्दिर वरिपरिकाे ठाउँले पनि हामी सबैकाे मन आनन्दित पार्दछ नि !

सर -  ओहो तिमीहरू लाई त कति थाहा रहेछ  नि अझै  भनन सबै साथीहरूले सुनिरहेका छन।


ऋषि - हुन्छ नि सर ।

शिव - आ मलाई पनि  नमोबुद्ध को पर्वतबाट काठमाडौं हेर्दा मजा आउँछ।

अनुष्का - चोभार पहाडको मञ्जुश्री गुफा र टौदह  पनि घुम्न रमाइलाे  हुन्छ।

ऋषि - आहा! तिमी दुई नेपालमा धेरै न बसे पनि कति थाहा रहेछ।

विमला - भक्तपुरको साँगाको शिव मूर्ति जुन दुई पहाडकाे बिचमा छ, त्याे पनि अत्यन्त सुन्दर रहेकाे छ । त्यहाँ त पर्यटककाे भिँड नै लाग्छ ।  ।

अनुष्काः ओहाे कुरा गर्दागर्दै भाेक पाे लाग्न थाल्याे । 
सबैजनाः हाे, हाे सबैजना खाना खान जानुपर्छ ।

( सबै जना खाना  खान जान्छन्। )