Logo

Student Corner

बुद्ध बिमानकाे अवतरण

Written by: Sauharda Bajracharya - 26010, Grade VII

Posted on: 06 December, 2021

बुद्ध एयरको काठमाडौँदेखि विराटनगरसम्मकाे थियाे   । काठमाडौँदेखि विराटनगरको यो उडानमा ७७ यात्रीहरू, ६८ उमर पुगेका ९ जना  र ५ बच्चाहरू साथैमा ४ विमानका सदस्य थिए ।

विमान काठमाडौँको विमानस्थलबाट उडेर विराटनगरसम्म पुगेपछि पाइलटले अवतरण गियर नचलेको देखे । यो खबर हवाई यातायात नियन्त्रकलाई पुगेपछि विमान फेरि काठमाडौँ फर्काउने कुरा भयो । यो खबर यात्रीहरूलाई पनि पुग्याे, सबैजना डराउन थाले । खबर सुनेपछि, यात्रीहरूले त उनीहरूकोसामु मृत्यु आउन लागेकोजस्तो महसुस गर्न थाले । यो एक आपतकालीन स्थिति थियो र यो विमान अवतरण गर्न सबै पेट्रोल सकिनुपर्थ्यो । यो सबै पेट्रोल सकिन, आकाशमा विमानलाई घुमाएको घुमाई गरी राख्नुपर्‍याे । विमानभित्र यात्रीहरू डराएर, सबैजना भगवानलाई पुकारिरहेका थिए ।

यसै बिचमा विमानस्थलमा विमानको आपतकालीन अवतरणका लागि पूरै तयारी गरी सकेका थिए । एम्बुलेन्स, फायर ब्रिगेड, नेपाली सेना र पुलिस सबै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ सकेका थिए ।  यस्ताे तयारी देखेपछि यात्रुहरू झन् डराउन थाले । काडमाडाैँ फर्किएकाे विमान एकाेहाेराे आकाशमा फन्काे मार्न थाल्याे । फन्काे मार्दामार्दै चालकले पूनः अवतरणकाे लागि प्रयास गरे । संयाेगवश विमानकाे सफल अवतरण गराउन सफल पनि भए । सम्पूर्ण यात्रीहरूले मृतुलाई जितेकाे महसुस गरेँ ।