Written by: Sambid Dhakal - 30028, Grade IV
Posted on: 06 December, 2021
जताततै उड्ने गर्छन् रड्गीचड्गी चरा
चराले नै सुन्दर संसार हुन्छ हराभरा
चराकाे त्याे रूप हेर्दा अनाैठाेपन जाग्ने
चराजस्तै हामीलाई नि उड्न मन लाग्ने ।
चराले चिठी पुर्याउँदा अनाैठाै पाे लाग्ने
चरा उड्दा आफ्नाे पनि अल्छीपन भाग्ने
चरालाई सधैैँभरि मैले माया गर्छु
चरालाई यताउता चाराे पनि छर्छु ।
किन मार्छन् मानिसले प्याराे चरालाई
कारवाही गर्नुपर्छ चरा मार्नेलाई
चराहरू यस धर्तीका धेरै ठुला सान
गर्नुपर्छ चरालाई माया र सम्मान ।