Written by: Aaniya Poudel - 27002, Grade VII
Posted on: 03 December, 2021
( दसैँको बिदा सुरु हुन लागेको थियो । विद्यालयकाे खाजा खाने समयमा काभ्रे अङ्ग्रेजी माध्यमिक विद्यालयकाे कक्षा सातका विद्यार्थीहरू राम, रोजन, सरिना र निस्मा खाजा खाने समयमा बिदामा के गर्ने भनेर कुरा गर्दै छन् )
थिए । ल अब उनीहरूको कुराकानी सुनौँ है त )
राम : अब त हाम्रो दसैँको बिदा सुरु हुँदै छ है ।
सरिना : हो नि मलाई त दसैँ एकदमै मन पर्छ तिमीहरूलाई नि ।
(सबैले एकै स्वरमा ) हामीलाई पनि मन पर्छ ।
रोजन : मलाई त दसैँको १५ दिनै मन पर्छ । घटस्थापनादेखि अन्तिम दिन पूर्णिमासम्म |
निस्मा : मन त परिहाल्छ नि दसैँ हिन्दुहरूको ठुलो चाड पर्व हो । दसैँमा माता दुर्गाको पूजा गरिन्छ ।
राम : दसैँमा खसी काटिन्छ मासु खान पाउँछौँ अनि मलाई मासु असाध्यै मन पर्छ ।दसैँमा मलाई त माम खान बस्दा सधैँ मासु चाहिन्छ ।
( रामको कुरा सुनेर सबै जना हास्न थाले राम पनि हास्यो)
रोजन : त्यो त सही कुरा हो । घटस्थापनाको दिन मा हामीले आफैँ जमरा रोप्छौँ मलाई त जमरा रोप्न एक दमै मन पर्छ ।
सरिना : हाम्रो घरमा त सबै जना दसैँमा भेला हुन्छाैँ अनि धेरै रमाइलो गर्छाैँ । मलाई त याे पर्व असाध्यै मन पर्छ ।
निस्मा : त्यो त हो मेरो घरमा पनि त्यस्तै हुन्छ । त्यसैले पनि मलाई मन पर्छ ।दसैँमा मेरा विदेशमा बसेका काका काकी पनि नेपाल आउनुहुन्छ ।
रोजन : त्यो पनि हो दसैँमा विदेशमा गएकाहरू पनि घर फर्केर आउँछन् र आफ्नो परिवार सगैँ दसैँ मनाउँछन् ।दसैँ सबैलाई धेरै मन पर्छ । सबै स्कुल पनि बिदा हुन्छन् ।
निस्मा : त्यो त सही कुरा गर्यौँ रोजन ।दसैँमा हामीले पिङ पनि खेल्न पाउँछौँ गाउँ र मामाघर पनि जान पाउँछौँ ।
राम : हाे नि अनि हामी सबैलाई पिङ खेल्न कति मजा आउछ ।
सरिना : अब चाडो खाजा खाऊ घन्टी बज्ने बेला भयो अहिले कक्षामा जान ढिलो हुन्छ ।
( केही बेरपछि घन्टी बज्छ र सबै जना कक्षामा जान्छन् )