Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Riddhis Sharma - 26006, Grade VIII

Posted on: 01 December, 2021

हामी मानिस प्रकृतिका वरदान हाैँ । प्रकृति र वातावरण मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हुन् । प्राणी र वनस्पति दुवै वातावरणमा निर्भर रहन्छन् । हामी सबैले सुन्दर वातावरण चाहन्छाैँ  र त्यही  सुन्दर वातावरणमा हामी सबै काम गर्छाैँ , तर हाम्रै कार्यको कारणले वातावरण प्रदूषित र प्रकृति विनाश हुँदै छ ।

वातावरणमा खराबी आउनु वा वातावरण फाेहाेर हुनुलाई वातावरण प्रदूषण भनिन्छ । जलप्रदूषण, वायुप्रदूषण, माटाेप्रदूषण र माटाेप्रदूषण गरी प्रदूषण चार प्रकारका छन् । वातावरण प्रदूषणकाे मुख्य कारक भनेकाे मानिस नै हाे । प्राकृतिक स्रोतको परिचालन गर्दै हामी आफ्नै खुट्टामा बन्चरो हानी रहेका छौँ । हामी मानिसँसग मस्तिष्क छ तर हामीले आफ्नै क्रियाकलापबाट वातावरण प्रदूषित पारिरहेका छौँ । जीवन सरल बनाउन मानिसले उद्याेग र कलकारखाना खाेल्छ । । यसले हामी वरपरकाे वातावरण दूषित बनाएकाे छ । उद्याेगबाट निस्केका विशालु ग्याँस, रसायन, ठुलाठुला आवाजले जल, जमिन, हावा आदि चिजलाई फाेहाेर बनाएका छन् । जसले हामी वरपरकाे वातावरण प्रतिकूल बनाएका छन् ।  यिनीहरूले हाम्राे स्वास्थ्यमा खराबी आएकाे छ । दिनप्रतिदिन मानिसहरू घातक राेगकाे सिकार हुन पुगेकाे छ । आजकाे जटिल अवस्थामा मानिस पुग्नुकाे कारण मानिस स्वयं हाे । अहिले मानिससँग मानिस नै डराएर हिड्नुपर्ने अवस्था छ ।

हामी मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण आधार भनेकाे स्वच्छ वातावरण नै हाे । विकास नै नगरी हामी बस्न र बँच्न सक्दैनाैँ । विकासका नाममा विनाश गर्नुहुँदैन । प्रकृति वातावरणलाई सन्तुलनमा राखेर मात्र विकास गर्नुपर्छ ।