Logo

Student Corner

ट्रयाक्टर

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 30 November, 2021

ट्रयाक्टर एक सवारी साधन हो जुन खेती गर्न, घर, बाटाे  आदि  निर्माणका  लागि  सामान बाेक्न पनि प्रयोग गरिन्छ । यो खेत जोत्न, सिँचाइ गर्न, मल जल गर्न  आदिजस्ता धेरै उद्देश्यका लागि प्रयोग गरिन्छ । यसले कृषकको समयको बचत गर्नुका साथै राम्रो आम्दानी पनि दिन्छ। आजकाल , ट्रयाक्टरका  धेरै फाइदाहरू भएकाले खेतीपातीमा सबैभन्दा बढी प्रयोग हुने साधन बनिसकेको छ।

विकसित देशहरूमा अत्याधुनिक ट्याक्टरकाे प्रयोगबाट छोटो समयमा धेरै खेतमा उब्जाउ गर्नुको साथसाथै उब्जाउ भएको तरकारी, फलफूलहरू  सबै काटी बच्ने बजारसम्म लैजान  प्रयोग गरेको पाइन्छ । ट्रयाक्टर एक यस्ताे साधन हो जुन भारी भारी सामानहरू  बोक्न सक्दछ। यस साधन पेट्रोलबाट चल्दछ ।  ट्रयाक्टरको समय समयमा सररफाइ र  मर्मत गर्नुपर्छ जसले गर्दा ट्रयाक्टर लामो समयसम्म चल्छ । आजको आधुनिक युगमा शारीरिक बल प्रयोग गर्दाको समय र ट्रयाक्टरजस्तो साधनले प्रयोगमा धेरै अन्तर छ। शारीरिक बलको प्रयोगले थोरै काम सकिन्छ भने ट्रयाक्टरजस्तो साधनको प्रयोगले थोरै समयमै धेरै काम सकिने भएकोले विकसित देशहरूकाे  विकास यसैबाट भएको छ ।

हाम्रो देशजस्ता कृषिप्रधान देशहरू  यस अर्थमा यदि यस्ता साधनको प्रयोग हाम्रा किसान , दाजुभाइ, दिदीबहिनीले गर्न सकेको खण्डमा हाम्रो उब्जनी दोब्बर, तेब्बर हुन्छ । देश विकासतिर  लम्कन्छ । यदि कृषितिर र यस्तो साधनको प्रयाेग हाम्रो देशका नेताहरूले बढी प्रयाेगमा ल्याउन प्राेत्साहन गर्न सकेमा हामी पनि पश्चिमी देश जस्तै बन्नेछौँ।