Written by: Sonu Lama - 27013, Grade VII
Posted on: 26 November, 2021
आमाले हामीलाई सिकाउछिन् राम्रो
कहिले पनि आमालाई नभनौँ नराम्रो
उनले दिन्छिन् आफ्नाे माया सबै सन्तानलाई
राम्रा राम्रा लुगा दिन्छिन् हामी सबैलाई ।।
आमा हाम्री तनमनकी रानी
हामी सबैकी मायाकी खानी
आमा हाम्री संसार हुन्
म उनकी आखाकी नानी ।।
आमाकाे न्यानाेपनले मैले सबै भुल्छु
आमाकाे हात समाई सुन्दर संसार डुल्छु
आमा हाम्री सर्वश्व हुन् प्रथम गुरुआमा
आफ्ना इच्छा मारेर पूरा गर्छिन् सन्तानकाे चाहना ।