Logo

Student Corner

पुस्तकवार्ता कार्यक्रम

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 25 November, 2021

विद्यालय विद्यार्थीकाे लागि ज्ञानकाे केन्द्र नै हाे । नियमित कक्षामा किताबका पानामा मात्र केन्द्रित रहेर सिकेकाे ज्ञानले सिकाइ रुचिपूर्ण हुन सक्दैन । यसै कुरालाई मध्यनजर गरी हाम्राे विद्यालयले विभिन्न क्षेत्रका साधकहरूलाई बालाएर रुचिपूर्ण कार्यक्रमहरूकाे आयाेजना गर्दै आएकाे छ । विद्यालयले गर्ने विविध कार्यक्रममध्ये पुस्तकवार्ता पनि एक महत्त्वपूर्ण र राेचक कार्यक्रम हाे ।  जुन कार्यक्रमले हाम्राे रचनात्मक पक्षकाे विकास गर्नुका साथै साहित्यप्रति अभिरुचि जगाउने काम गरेकाे छ ।

मिति २०७८/०७/ २५ गतेका दिन विद्यालयकाे नियमित मासिक पात्राेअनुसार  पुस्तकवार्ता कार्यक्रम भएको थियो । यस पुस्तक वार्ताका लागि भनेर चर्चित छन्दकवि वीरेन्द्र नेपाल आउनुभएको थियो । भखरै उहाँको एक  विश्ववेदना शीर्षककाे कवितासङ्ग्रह प्रकाशित भएको रहेछ । उहाँले हाम्रो विद्यालयमा आएर आफ्नो पुस्तकबारे धेरै जानकारी  दिनुभयाे र कविताहरू पनि  सुनाउनुभयाे । साहित्य र छन्द कविताका बारेमा पनि जानकारी दिनुभयो । आफूले सय दिनमा सयवटा कविता लेखेकोमा चर्चित हुनुहुँदोरहेछ। उहाँले आफ्नो युटुब च्यानलको बारेमा पनि केही जानकारी दिनुभएको थियो र राेचक र सुन्दर कविता वाचनका भिडियाेहरू अवलाेकन गराउनुभएकाे थियाे ।साथै आफ्ना कविताहरू पनि वाचन गरेर सुनाउनुभयाे ।  हाम्रा केही साथीले उहाँलाई प्रश्न पनि सोध्नुभएको थियो। उहाँले आफू सानै हुँदा संस्कृत पढाउने विद्यालयमा र ठुलाे भएपछि  संस्कृत पढाउने क्याम्पसममा पढ्नुभएको रहेछ । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा पढेर धेरै वर्षदेखि शिक्षकको  रूपमा काम गर्दै आउनुभएको रहेछ । संस्कृत पढेका कारण उहाँलाई छन्दबारे पहिले नै राम्राे  ज्ञान रहेछ । उहाँ कहिलेकाहीँ छन्दमा कविता लेखी राख्नुहुन्थ्यो  तर यो कोरोनाले भएको पाँच  महिने लकडाउनमा भनें उहाँले आफ्नो साहित्यिक क्षमतालाई बढाएर  दिनमा १-२ कविता लेख्नुभएकाे र भिडियाेहरू बनाएर  फेसबुकमा हाल्नुभएकाे कुरा पनि हामीलाई सुनाउनुभयाे । उहाँको कवितालाई धेरैले मनपराउनुभएछ कतिले भने कविता वाचन गरेको भिडियो पनि बनाएर कविलाई पठाउनुभएछ। निरन्तर रूपमा कविता लेखेर र भिडियाे बनाएर सय दिनमा सयवटा बनाउनुभएकाे रहेछ ।  त्यसलाई विश्ववेदना शीर्षक दिए प्रकाशन गर्नुभएकाे रहेछ ।  उहाँले  यस कार्यक्रममा कविताबारे जानकारी दिनुका साथै साहित्य लेखन र सिर्जनाकाे महत्त्वकाे बारेमा पनि बताउनुभयाे  । कठोर साधना र निरन्तरता भएमा जे पनि गर्न  सकिँदो रहेछ । कविता भने भावनाले बन्ने हो सानोसानो प्रयासले  नै कविता लेख्न सकिन्छ । यो एकैचोटि लेख्न सकिन्छ भन्ने छैन भन्ने कुरा पनि हामीले यस कार्यक्रमबाट सिक्याैँ । छन्द कविता भने लेख्न अलि गारो हुन्छ तर असम्भव भने हैन । हामीले इनटरनेटजस्ता माध्यमबाट पनि छन्द कविता सिक्न सक्छौं ।

पुस्तकवार्ता धेरै नै रमाइलो भयो । यस कार्यक्रमले हामीलाई सिर्जनाले नै सफल व्यक्ति बनाउँछ । त्यसैले आफ्नाे भाषिक साहित्यिक क्षमतालाई समयकाे राम्राे सदुपयाेग गरी साकार रूप दिन सक्नुपर्छ भन्ने कुरा सिकाएकाे छ । म  आफ्नो विद्यालयलाई यस अवसरको लागि धन्यवाद दिन चाहन्छु ।