Written by: Rushina Tamang - 26008, Grade VIII
Posted on: 24 November, 2021
सबै साथीहरूका
दुई आमाबुबा हुन्छन,
दु:ख लागेको बेला
आमाबुबाका काखमा गएर रुन्छन।
रमाएर साथीहरू,
आमा बुबासँग खेल्छन्,
आफ्ना छोराछोरीलाई
खेलेको देख्दा खुसीले हुन्छन् ।
तर
आमाबुबा नभएको
बच्चालाई कसले हेर्छ ?
आमाबुबा नभएको
बच्चासँग को खेल्छ ?
स्कुलपछि सबैजना,
आमाबुबासँग घर जान्छन्।
तर मलाई स्कुलपछि,
हजुरबाले घर लान्छन्।
हजुरआमा,
मेरो रुने काँख खै ?
हजुरआमा,
मेरो आमा बाबा खै ?