Written by: Sauharda Bajracharya - 26010, Grade VIII
Posted on: 23 November, 2021
मिहिनेत गरेर बन्ने छु सैनिक
देशको रक्षा गर्ने लक्ष्य एक
देशलाई बचाइ नाम कमाउने,
व्यक्तिगत स्वार्थबाट पर जाने ।
शत्रुहरूलाई मार्ने छु म,
देशको रक्षा गर्ने छु म
देशको शक्ति बढाउने ,
शान्ति र एकता ल्याउने छु म
अन्यायमा परेकाका लागि
न्याय दिन्छु म
भाेका नाङ्गा र आश्रयविहीनका लागि
लड्ने छु म
मन वचन र कर्मले लागी
लक्ष्य पुरा गर्छु म ।