Logo

Student Corner

बाँच नेपाल स्वाधीन बनी

Written by: Suprabh Acharya - 27014, Grade VII

Posted on: 19 November, 2021

हरित नाना ओछ्याएर
बस्छ गगनमुनि 
सेता सेता हिमाल उस्तै 
अग्ला गगनचुम्बी ।१।

कलकल गर्दै बग्छन् झर्ना 
मनमोहक पारी 
हिरामोती फलाउने 
उस्तै खेतबारी ।२।

अमृत सरी जडीबुटी 
 हिमालकाे काखमा
पहाड मधेश तराईसंगै
 नदीनाला साथमा ।३।

चौरी कुद्छन् लेक भरी
डाँफे मुनाल चरी 
ढकमक्क लालीगुराँस
पहाड वरिपरि ।४।

संस्कृति र पहिरनको 
हो यो एक खानी 
धर्म सहिष्णुतामा त
विश्वभरि नामी  ।५।

सुन सरी धान झुल्छ 
जलश्रोतको धनी 
जुग जुग बाँच नेपाल
स्वाधीन देश बनी ।६।