Written by: Aayush Subedi - 27003, Grade VII
Posted on: 17 November, 2021
ए! मित्र तिमी छौ विचित्र
तिमी भएनौ भने हुन्छु अलपत्र ।
तिमी मात्र छौ एक साथी
तिमी छौ सबैभन्दा माथि ।।
तिमी हौ मेरो सुख दु:ख को साथी
गर्छु म भरोसा तिमी नै माथि ।।
तिमी छौ मेरो लागि एकदम जाति
गर्छु म विश्वास तिमी नै माथि ।।
खेल्छौँ पढ्छौँ सँगसँगै हामी
खाना खाजा सँगसँगै बाँडी ।
मिल्छ हाम्रो आनीबानी
राम्रो नराम्रो जुनसुकै पनि ।।
कहिले रिसाउँछौ कहिले फकाउँछौ
हामी साथी साथी ।
घुम्छौँ फिर्छौँ सँगसँगै हामी
गर्दै मिठा कुराकानी ।।
कायम रहोस् मित्रता हाम्रो
कहिले पनि नहुने गरी चाम्रो ।
इर्ष्या गरुन् सबैले हाम्रो
देखि उत्कृष्ट सम्बन्ध हाम्रो ।