Logo

Student Corner

विद्यालय

Written by: Aaradhya Prasai - 28001, Grade VI

Posted on: 16 November, 2021

विद्यालय  जान पाउछौँ भन्ने मिठा आशा 
अचेल हामी विद्यार्थीको घरमै छ है बास 
स्कुलका साथीहरू मिली खेल खेल्ने
तर अचेल कोरोनाले अनलाइनमै भेट्ने ।

स्कुल जान नपाउँदा मन सारै दुख्छ
कोरोनाले हाम्रो मर्का  खाेई कहिले  बुझ्छ ?
स्कुलको चउरमा रमाउदै खेल्न 
तर अचेल घरमै बसी सम्झनामै मिल्न ।

मिठा मिठा कुरा गर्दै शिक्षकले भन्दा 
हामीलाइ नि शिक्षकले साथीजस्तै गन्दा 
नजानेका कुरा सबै शिक्षकलाई सोध्छाैँ
स्कुल नजादैमा राम्रा कुरा कहाँ बुज्छौँ ।