Written by: Mansi Singh - 27008, Grade VII
Posted on: 10 November, 2021
नेपाल प्राकृतिक सुन्दरताको
अनुपम नमुना हो
नेपालको हरीयालीले
विश्वलाई लोभाएको हो ।
उतरमा चादीझैँ टल्कने हिमाल छ
हिमालमा घाम लाग्दा
नदी कलकल बग्छ।
हावापानी न चीसो न तातो छ
पशुपंक्षीले नेपाललाई
सुन्दर बनाएको छ ।
प्रकृति हाम्रो रूप हो
नदी ताल सौन्दर्य हो ।
नेपाल मन्दिरको मुलुक हो
नेपाल हाम्रो प्यारो देश हो ।
सांस्कृतिक पहिचान बाेकेकाे छ
साैन्दर्यले देशलाई छाेपेकाे छ ।