Logo

Student Corner

त्यो बगैंचा

Written by: Manaswi Sapkota - 26004, Grade VIII

Posted on: 22 October, 2021


 त्यो हरियो जमिन र सेतो बादल,
 ती सुन्दरताका बिचमा थियाे त्यो बगैँचा
 न त सुगन्धमय, न त धेरै सुन्दर
तर त्यसले लियो मेरो मनमा विशेष स्थल ।

किन हो किन,
 न त छन् त्यो बगेैँचामा सुन्दर फूलहरू
 न त त्यहाँ छन् सुन्दर पुतलीहरू
 त्यो  बगैचामा छैन केही विशेष वा फरक ।

 त्यसको कारण के होला ?
 कहीँ त्यसको खाली र खुल्ला मैदान हो कि ?
 कि त्यसमा गर्न र जोड्न मिल्ने चिजहरू,
जे भए पनि त्यो बगैचा छ मलाई विशेष ।

 भन्ने हो भने यसकाे उत्तर यही होला
 त्यो खाली बगैँचा फरक भएकाले होला
 त्यसमा अहिले पनि केही जोड्न मिल्ने भएकाले होला ?
त्यो बगैँचाको राैनकताले गर्दा मेरो मन लोभिएको होला ।