Logo

Student Corner

प्रकृति

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 06 October, 2021

नेपाली हुन्छन्  सिपालु पहाड चढ्न 
अग्ला अग्ला हिमालहरू चारैतिर।
यो देश भरिएको छ हरियालीले
अनौठो जीवन पाएको हाम्रै देशले।

नेपाल प्रकृतिको वासस्थान हो
नेपालको सान सगरमाथा हो।
भेट्न सक्छौ विभिन्न जलाशयहरू
देख्नसक्छौ यहाँ एक सिङे गैँडा।

कति सुन्दर  छ यो नेपाल देश हाम्रो
चारैतिर पहाडले देखिन्छ देश राम्रो।
हामीलाई स्वच्छ हावा दिन्छ रुखले
छैन अहिले हरियाली रुख काट्नाले।

वातावरण दुषित हुँदा लाग्छ धेरै पिर
रुख राेपी हरियाली बनाऊ चारैतिर


स्वच्छ हावा पानी पाउन हामी लाग्नुपर्छ
अनि बल्ल सङ्कटकाे दिन आफैँ टर्छ ।