Logo

Student Corner

लोकबाजा

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 04 October, 2021

लोकबाजा भन्नाले नेपालका विभिन्न भूभागमा बसोबास गर्ने र एउटा परम्परामा एकताबद्ध हरेक जातिमा हाम्रा लोकबाजाहरूले हाम्रो नेपाली संस्कृति धर्म रीतिरिवाज आदिलाई झल्काउँछन् ।
लोकबाजा हाम्रा पुर्खाका पालादेखि चलिआएका हाम्रा निजी मौलिक सम्पत्ति हुन् । यी बाजाहरूको प्रयोग विभिन्न लोक गीत तथा सङ्गीतमा प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ । यस्ता बाजाहरू खास गरी मेला ,चाडपर्व, समाहरोह ,जात्राका साथै घरमा पूजाआजा धार्मिक कार्यपछि देवीदेवताको गाथा भजन कीर्तन गाउने कार्यमा पनि नेपाली लोकबाजाको प्रयोग हुँदै आएको पाइन्छ । नेपाली लोकबाजाहरूमा दमाहा, खैँजडी, मादल, डम्फू ,सारङ्गी टुङ्ना ,सनही ,नरसिंहा ,झुर्मा, बाँसुरी , आदि पर्दछन् ।
हाम्रै समाजमा उत्तपत्ति भएका लोकबाजाको विशेष महत्त्व रही आएको छ । अहिले बिस्तारै हाम्रा लोकबाजाहरूलाई आयातीत बाजाहरूले विस्थापन गर्न लागेका छन् । खासगरी विदेशी संस्कृतिको प्रभावले हाम्रो संस्कृतिमा प्रभाव जमाउँदै गइरहेको छ । यस्तो हुनु भनेको हाम्रो संस्कृति र पहिचान हराउँदै जानु हो । 
हाम्रा लोकबाजा देश र समुदायको गौरव र पहिचान हुन् । यी लोकबाजा हरूलाई संरक्षण गनुपर्छ । विश्वव्यापी रूपमा प्रचार - प्रसार गनुपर्छ । नयाँ पुस्तालाई हाम्रा यस्ता सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने  र रुचि जगाउने खालका कार्यक्रम गनुपर्छ । समुदायमा यस्ता बाजाहरूको संरक्षण गर्न प्रोत्साहन गर्नुपर्छ ।