Logo

Student Corner

भोलिको भविष्य

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 23 September, 2021

(राहुल र  सुरेन्द्र धेरै मिल्ने  साथी हुन्  । राहुल अलि अल्छी छ उसले  सजिलो काम मात्र गर्न खोज्छ  भने  सुरेन्द्र  धेरै ज्ञानी छ र  भनेको मान्छ । लकडाउनको एक हप्तापछि राहुलले सुरेन्द्रलाई फोन गर्छ र  उनीहरू बिच कुराकानी सुरु हुन्छ ।)

राहुल :नमस्कार सुरेन्द्र, धेरैपछि कुरा भयो  त, तिमीलाई कस्तो छ ?
सुरेन्द्र : नमस्कार राहुल हो नि धेरै भयो कुरा नभएको । मेरा  दिनहरू राम्रै  गैरखेका  छन्  नि तिमीलाई कस्तो छ ?
राहुल : मेरो पनि दिन जसोतसो गरिरहेका छन् । अब हाम्रो अनलाइन कक्षा पनि हुन्छ रे ।
सुरेन्द्र : अब हाम्रो अन्लाइन कक्षा रे अब नयाँ  अनुभव पनि हुने भयो ।
राहुल :खोई कस्तो अनुभव हुने हो ?  ल  अब म खेल न जान्छु  है।  

( अनलाइन कक्षा पनि सुरु हुन्छ । १-२ महिना बितिसकेको हुन्छ। राहुल कहिलेकाहीँ मात्र  कक्षामा  आउँछ । कोरोनाको सङ्क्रमण पनि कम हुँदै छ । एकदिन राहुल कक्षामा नहुँदा सुरेन्द्रलाई मिसले राहुललाई गृहकार्य भनिदिन भन्नुहुन्छ । सुरेन्द्रले राहुललाई फोन गर्छ ।)
सुरेन्द्र : राहुल तिमी किन कक्षामा नआएको ?
राहुल : हैन मेरो घरमा बत्ती थिएन ।
सुरेन्द्र :तिमीले मिसलाई फोन गर्नुपर्छ  नि। मिसले सधैँ  डायरी लेख्ने प्रयास गर्नु भनी गृहकार्य दिनुभएको छ त्यसलाई गर है ।
राहुल:  हुन्छ!  म गर्नेछु। 
( दिन बित्दै जान्छ राहुल कहिलेकाहीँ मात्र कक्षा  आउने  गर्थ्याे  । सुरेन्द्र भने सधैँ कक्षामा आउथ्याे  । कोरोनाको  सङ्क्रमण  पनि घट्दै गयो र भौतिक स्कुल हुने निर्णय भयो । सुरेन्द्रले लेखेको डायरी राम्रो भएर प्रकाशन भयो । परीक्षा पनि भयो सुरेन्द्र प्रथम हुन्छ अनि सात कक्षामा जान्छ र राहुल भने  फेल हुन्छ र ६ कक्षामै रहन्छ र उसलाई सधैँभरि पछुताे हुन्छ )