Written by: Ishan Adhikari - 23023, Grade XI
Posted on: 20 September, 2021
मानिसको दुःखको ओखती अरे म
कसैको खुसीको बाटो पनि बन्दछु,
सयौँ अवतार भए तापनि मेरा
चिज त म एउटै हुँ ।
आलिसान महलमा होस्, या चोकको भट्टीमा
मेरो सेवनपछि रहन्छन् सबै मस्तीमा
लड्छन कोही नसकेर पचाउन मलाई
र झगडा गर्छन् कोही रोक्न नसकेर आफूलाई ।
मलाई पाउँछौ तिमी सारा संसारमा
भिन्न नाम अथवा भिन्न जातको भए पनि
सेवन हुन्छु म
अनगिन्ती समस्या निम्त्याए पनि ।
यदि तय छ स्वास्थ्यमा हानि हुन्छ भने
किन गर्छौ मेरो सेवन अझै ?
लत तिम्रो हो, मोह मेरो हैन,
किन गाली मलाई गर्छौ अझै ?
तिम्रो झगडाको बिउ तिमी आफैँ हाै,
त्यसको दोष किन दिन्छौ मलाई ?
मात लाग्ने मेरो तर मतिने तिमी आफैँ
चेतना भए दोष किन दिन्छौ मलाई ?