Written by: Purab Marahatta - 23034, Grade XI
Posted on: 17 September, 2021
आमा ! हजुरले म निर्वस्त्र हुँदा किनिदिनुभयो नाना,
मैले केही नबाेले पनि बुझ्नुभयो मेरो चाहना,
बाेलाउनुहुन्छ भनी मलाई ‘साना !’
मेरी प्यारी आमा ।।
चिनाउनुभयो मलाई मेरो बाबा,
पुरा गर्नुहुन्छ सबै मेरो इच्छा र चाहना,
पकाउनुहुन्छ सधैँ मलाई मिठो लाग्ने खाना,
मेरी प्यारी आमा ।।
राखिदिनुभयो मेरो नाम,
गरिदिनुभयो मेरो यो दुनियासँग पहिचान,
हजुर नै हुनुहुन्छ मेरो आन, बान, सान,
मेरी प्यारी आमा ।।
गरिदिनुहुन्छ सबै मेरो काम,
पकाएर खुवाउनुहुन्छ मलाई माम,
पैसा नभएको बेला दिनुहुन्छ दाम
मेरी प्यारी आमा ।।