Written by: Krishma Thapa - 27005, Grade VII
Posted on: 15 September, 2021
अहिले लकडाउनको समयमा हामी बाहिर जान सकेका छैनाैँ । काेराेना कालभन्दा अगाडि हामी आफ्ना परिवारका सदस्यसँग धेरै ठाउँमा घुम्न गएका थियाैँ । मलाई अहिले बाहिर गएकाे पलकाे सम्झना झलझली आउँछ ।
कक्षा ६ पनि लकडाउनले गर्दा घरैमा बित्याे तर दसैँकाे बेलामा त्यस्ताे लकडाउन थिएन। म मेराे मामाघर नगएकाे पनि लगभग ४ बर्ष भइसकेकाे थियाे । मलाई मामाघर जाने रहर लागेकाे थियाे । हामीले दसैँकाे पहिलाे दिनमा सबै टीका लगाएर भ्यायाैँ र अर्काे दिन बिहानेै ४ बजे निस्कियाैँ । उज्यालाे भइसकेकाे थिएन । मेराे निद्रा नपुगेकाे हुनाले म त्यहीँ निदाएँ । मेराे गाडीमा त्यति हिँड्ने बानी नभएकाे हुनाले मेराे टाउकाे धेरै दुख्न थाल्याे । खाली पेट भएर पनि हाेला। मलाई लगातार उल्टी आउन थाल्याे । बाबाले गाडीलाई छेउ लगाएर एकछिन् राेक्नुभयाे । म सुत्न खाेजेँ तर मलाई गाह्राे भएकाेले निन्द्रै लागेन । करिब २ बजिसकेकाे थियाे। मलाई धेरै भाेक लागिसकेकाे थियाे। बाबाले नजिकै खाने ठाउँमा राेक्नुभयाे। हामीले त्यहाँ खाना खायाैँ। खाएपछि मलाई अलि सन्चाे लाग्याे । सबैजनाले खाइसकेपछि हामी यात्रालाई निरन्तरता दियाैँ । म र मेराे भाइलाई खाना खाइसकेपछि सन्चाे भयाे तर त्यहाँबाट आमालाई गार्हाे हुन थाल्याे। झापा आउन अझैँ धेरै समय बाकी थियाे। मलाई मामाघर हेर्न साह्रै उत्साह लागिरहेकाे थियाे। मैले मामाघरकाे आमा बुबासँग भेट नभएकाे पनि धेरै भइसकेकाे थियाे । यात्रा असाध्यै रमाइलाे भइरहेकाे थियाे। मलाई भने चाहिँ मामाघर कतिखेर आउँछ जस्तै भइरहेकाे थियाे। हामी बिराटनगर पुग्न लागेकाे बेला थकान मार्न भनेर एकछिन् गाडी राेकेर बाहिर निस्कियाैँ । त्यहाँकाे हावा ताताे थियाे। हामीले मुख धाेयाैँ । पानी पियाैँ, एकछिन त्यहीँ बस्याैँ, र अगाडि बढ्याैँ । । अब झापा आउन धेरै समय बाँकि थिएन। जति नजिकै आयाे मेराे उत्साह त्यति नै बढ्दै थियाे । हामी लगभग १ घन्टामा मामाघर पुग्याैँ । मलाई धेरै खुसी लागेकाे थियाे।
मलाई अहिले पनि त्यस रमाइलाे यात्रा सम्झेर खुसी लाग्छ । मलाई अहिले पनि याद छ म अति नै उत्साहित थिए । यसपालि लकडाउन खुल्छ कि खुल्दैन तर खुल्याे भने यस्ताे रमाइलाे यात्रा फेरि गर्न चाहन्छु।