Written by: Anukrama Paudel - 22031, Grade XII
Posted on: 18 July, 2021
रुनलाई आँसु छैन, हास्नलाई हाँसो
साँचिरे’छु छातीभित्र नेपालको नासो ।
बुझाउन भविष्यका सन्ततिलाई साँचो
दु:ख पोख्न कहाँ जाऊँ, मन्त्रको छ खाँचो ।।
जति कथा लेखे पनि बुझ्ने कोही छैन
जति व्यथा पोखे पनि सुन्ने कोही हैन ।
दुई पाइला हिँड्न खोज्छन्, हिँड्न पाइँदैन
मन अघि बढ्न खोज्छ, बढ्न पाउँदैन ।।
चारैतिर चलिरे’छ तातो तातो हावा
मन यसै जलिरहेछ नपाई सहारा ।
कहाँ जाने कसलाई भन्ने अब मनको कुरा ?
कहिले होला नेपालीको आफ्नै इच्छा पुरा ?
आफ्नै दाजु भाइ तिमी मारिरे’छाै आज
कहिले होला सुख शान्ति, ढाकिएला लाज ?