Logo

Student Corner

के यो फुटबल क्लब बार्सिलोनाकाे अन्त्य हो ?

Written by: Aashutosh Pudasaini - 2022002, Grade XI

Posted on: 26 November, 2020

फुटबल क्लब बार्सिलोना एक ऐतिहासिक क्लब हो । याे विश्वका सबैभन्दा ठुला फुटबल क्लबहरूमध्ये अग्रपङ्क्तिमा आउने क्लब हो । याे क्लबले मेस्सी, रोनाल्डिन्हो, इनिएस्टा, जाभीजस्ता प्रतिभा उत्पादन गरेकाे छ । 

कुनै समय महान् हुने गरेको यो क्लबले अहिले आफ्नो पहिचान गुमाउँदै गएको देखिन्छ । स्तरीय क्लब हुँदा हुँदै पनि विगत केही वर्षदेखि क्लबले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । सन् २०१७ मा युभेन्टससँग ३-० को हारसँगै बार्सिलोनाको च्याम्पियन्स लिगमा फितलो प्रदर्शनको सिलसिला सुरुवात भएको थियो । लगातार वर्ष २०१८ मा पनि पहिलो खेलमा ए. सी. राेमालाई ४-० ले जितेको बार्सिलोनाले आफ्नो जितलाई निरन्तरता दिन सकेन र दोस्रो खेलमा ए. सी. राेमासँगै ०-४ गोल खाँदै पराजित भएको थियो । क्लबले सन् २०१९ मा पनि यस्तै स्तिथिको सामना गर्नु परेको थियो । लिभरपुललाई पहिलो लिग खेलमा ३-० ले पराजित गरेको बार्सिलोनाले दोस्रो लिगमा ४-० को हार बेहोर्नुपर्यो । अहिलेसम्मकै नराम्रो हार भने सन् २०२० मा बायर्न म्युनिखसँगको खेलमा रह्यो । च्याम्पियन्स लिगकाे नकआउट चरणमा लिस्बनमा खेलिएको खेलमा बार्सिलोना ८-२ गाेल अन्तरले पराजित भयो । यो हारलाई  बार्सिलोनाको खेल इतिहासमै नराम्रो हारका रूपमा लिइएको छ ।

क्लबको खेलको स्तर घट्दै जानुमा विभिन्न कारणलाई दोष दिने गरिएको छ र तीमध्ये मुख्य कारणमा क्लबको अध्यक्षको क्षमतालाई मानिएको छ र आफ्नाे चाैतर्फी आलाेचना भएपछि उनले अध्यक्षकाे पदबाट राजिनामा दिइसकेका छन् । क्लबको आर्थिक अवस्थालाई पनि अर्को मुख्य कारणको रूपमा लिइएको छ । क्लबले अमेरिकी बैङ्कबाट १९० मिलियन ऋण लिएको छ । यदि क्लबले याे ऋण चुक्ता गर्न सकेन भने क्लब टाट पल्टिन सक्ने छ ।