Logo

Student Corner

परिश्रम

Written by: Subham Regmi - 2022024, Grade XI

Posted on: 23 November, 2020

मानिस एक लगनशील र मेहनती प्राणी हो । मानिसको मेहनत र परिश्रमले गर्दा हामी  मानिसहरूको जीवनशैलीमा धेरै परिवर्तनहरू आएका छन्। मानिसहरूले गर्दा नै धेरै आविष्कारहरू भइरहेका छन् । परिश्रमले गर्दा अहिले देशमा धेरै नै सुधार आएको छ । मानिसहरूको परिश्रमले गर्दा हामीलाई एक ठाउँबाट अर्को ठाउँमा जान र विभिन्न कामहरू गर्न पनि सजिलो भएको छ।    

परिश्रम मानिसमा हुनै पर्छ । मेहनत र लगनशीलता मानिसमा भए भने मात्र सफलता प्राप्त हुन्छ । मानिससित परिश्रम जोडिएकै हुनुपर्छ । मानव आफ्नो परिश्रमले गर्दा नै ढुङ्गे युगबाट आधुनिक युगसम्म पुगेको छ । यो सब मानवको लगनशीलता, मेहनत, साहसले गर्दा नै सम्भव भएको हो । मानवले गरेका विभिन्न अनुसन्धानहरूकै कारण  हवाइ जहाज, मोबाइलजस्ता प्रविधिहरूको आविष्कार भएको छ । आहिले त युवावर्ग मिलेर यन्त्रमानवलगायतका वैज्ञानिक आविष्कारहरू गरिरहेका छन् । नेपालमा युवाहरूको समूहले यात्री मोटरसाइकल पनि बनाएको छ । युवाहरूका यस्ता समूहहरूले अन्य थुप्रै आविष्कारहरू पनि गरेका छन् । 

यदि मानवले मेहनत नगरेको भए विश्व आजको अवस्थामा पुग्दैनथ्यो होला । आविस्कार भन्ने कुरा नै हुदैनथ्यो होला ।  हिजो पुर्खाहरूले परिश्रम नगरेको भए आज हामीले जीवनमा निश्चित रूपमा धेरै पीडाहरू भोग्नुपर्थ्यो र अहिलेको जस्तो सजिलो जीवनको कल्पना पनि गर्न सक्दैनथ्यौँ । त्यसैले परिश्रम मानव जातिका लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।