Logo

Student Corner

काठमाडौंमा स्वच्छ पिउने पानीको समस्या 

Written by: Kajal Bastakoti - 21108, Grade XII

Posted on: 27 September, 2020

नेपालको मुटु भनेर चिनिने काठमाडौँमा लगभग एक करोड जति मानिस बसोबास गर्दै आएका छन्, जुन नेपालको एक तिहाई जति जनसङ्ख्या हो । यहाँ स्वास्थ्य, सुपरमार्केटदेखि अन्य व्याक्तिगत आवश्यकताका विभिन्न सुविधाहरू हामीले यहाँँ पाउन सक्दछौँ तर खानेपानीको कुरा गर्ने हो भने सुरक्षित भन्नका लागि हामी निकै नै टाढा छौँ ।

खानेपानीमा विश्वको दोस्रो धनी देश भए तापनि यहाँ प्रशस्त खानेपानीको व्यवस्था गर्न दशकाैँअघि सुरु भएको मेलम्ची खानेपानी आयोजना जसले काठमाडौँको पुरै जनसङ्ख्यालाई पुग्ने खानेपानी सबैको घरमा पुर्‍याउने लक्ष्य राखेकाे थियाे, त्यो पनि पुरा हुन सकेकाे छैन । यो आयोजनाले दैनिक लगभग दुई करोड लिटर खानेपानी सबैकाे घर घरमा पुर्‍याउने लक्ष्य राखेकाे थियाे । सन् २०२० काे अन्त्यतिर आइसक्दा पनि काठमाडाैँ वासीले खानेपनी किनेर खानुपर्ने अवस्था यथावत् छ । यो काठमाडौंका मानिसहरूको दैनिकीको प्रमुख समस्या बनेको छ । काठमाडौंमा उपलब्ध पानीकाे लगभग असी प्रतिशत पानी खान लायक छैन किनभने यसमा भिभिन्न रासयनकाे मिसावट पाइएकाे छ जसकाे सेवन हाम्रो शरीरका लागि घातक हुन सक्छ ।

काठमाडौँका खुल्रा धारा, ढुङ्गेधारा, पानी तान्ने कल, इनार आदि खानेपानीका विभिन्न स्राेतमा सञ्चालन गरिएको परीक्षणमा इ-कोली नामक जीवाणु पाइएको थियो भने आइरन, मर्करी, अमोनिया आदिको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा एकदमै धेरै पाइएको थियो । तीमध्ये पनि जमिनमुनिका पानीका स्राेतहरूमा भने ती रसायनहरूकाे मात्रा सबैभन्दा बढी पाइएको थियो । यसकाे कारण भनेको औद्याेगिक र घरेलु फोहोरहरूको राम्रो व्यवस्थापन नहुनु हो र यसले धेरै असर गर्ने भनेको एक पेट खानका लागि दिनरात काम गर्ने मनिसहरूलाई हो । त्यसकारण स्वच्छ खानेपानीकाे व्यवस्थाका लागि काठमाडाैँमा व्यवस्थित सहरीकरणकाे आवश्यकता छ भने हामी सबैको होसियारीको पनि जरुरत छ ।  

सन्दर्भ सामग्रीः

Levy J, Haarp KS, and Farruggia FT. “Drinking water quality in Nepal's Kathmandu Valley: A survey and assessment of selected controlling site characteristics. 2008, Hydrogeology Journal,16(2):321-334”