Logo

Student Corner

मकैको बोट

Written by: Aavash Dhakal - 21101, Grade XII

Posted on: 13 September, 2020

मैले बन्जर भूमिलाई जोतेँ, गोडेँ, सिञ्चित गरेँ

रहर थियो मकैको बिउ छर्ने

कुटो ,कोदालो लिई हिँडेँ मकै छर्न

टुसा पलायो मेरो इच्छाको 

आवश्यकता थियो गोडमेल, मलजल अनि हेरचाहको

मेरो आकाङ्क्षामाथि कुठाराघात गर्दै

मेरो मकैको बिरुवा उखेल्न

बाढी, आँधी, असिनाको नाङ्गो नृत्य प्रत्येक दिन

मेरो आकाङ्क्षा झैँ एक्लो जुझ्दै, युद्ध गर्दै

सङ्घर्षरत 

कसैको वास्ता नगरी

मेरो सपना झैँ बढ्न लागेको छ; मेरो मकैको बोट ।

जतिकै अवरोध भए पनि

भगीरथ प्रयासमा कटिबद्ध छ,

एक जुझारु कृषक झैँ 

आफ्नो पसिनालाई

अमृतका थोपामा बदल्न,

 अझ पनि प्रयासरत छ

मेरो “मकैको बोट” वयस्क हुन, मेरो सपना झैँ ।