Logo

Student Corner

भविष्यकाे याेजना

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 14 July, 2021

( राम, आकाश , उर्मिला , श्रेया र   साथीहरू हुन् । उनीहरू सबै एउटै  कक्षामा पढ्छन् । उनीहरूले खाना खाएपछि सबैसँग मिलेर आफ्नो भविष्यको योजनाको बारेमा छलफल गर्ने योजना बनाउँछन् ।  साेहीबमाेजिम उनीहरू बिच कुराकानी हुन्छ । )

श्रेया : ल साथीहरू आज हामी भविष्यको योजनाको बारेमा छलफल गर्ने छौ। ल हामी अब छलफल गर्न सुरु गरौँ। को बाट सुरु गर्ने  ?
राम : ल मबाट सुरु गर्छु। म त भविष्यमा एउटा शिक्षक बन्ने छु। म भविष्यमा बच्चाहरूलाई पढाउने छु र उनीहरूलाई म शिक्षित बनाउँछु। त्यसले त हाम्रो देशको ठुलो विकास हुन्छ। 
आकाश : म त डाक्टर बन्ने छु। सबै रोगीहरूलाई सन्चो पर्ने छु।  त्यसले हाम्रो देशका मानिसहरूलाई निरोगी बनाउछु र देशको पनि विकाश हुने छ। म डाक्टर बनेर धेरै पैसा कमाउने छु र गरिब मानिसहरूलाई बाड्ने  छु। 
श्रेया : म त प्राध्यापक बन्ने छु। बच्चाहरूलाई ठुलो भइसकेपछि उनीहरूलाई पढाउने छु र देशको विकाशलाई म पनि पैसा गरिबहरूलाई बाड्ने  छु। पैसा देश विकासमा पनि लगाउने छु । ल अब फूलमाया तिमी आफ्नो भविष्यको विचार सुनाउन हामीलाई। 
फूलमाया : म त एक कृषक बन्ने छु। खेतमा कामहरू गर्नेवाला छु । खेती गरेर सबैलाई खानाहरू बाड्ने  छु। साथै  म त त्यो फलाएका फलफूल र तरकारीहरू विदेशमा निकासी गरिदिन्छु। 
आकाश : साथीहरू हो हामी बन्ने त भन्यो तर हामी महिनत पनि त गर्नु पर्छ नि त। 
फूलमाया : हो ! आकाशले ठिक भन्याे । हामीले मिहेनत गर्नुपर्छ। 
श्रेया : हामीले त अहिलेदेखि नै मिहिनत गर्न सुरु गर्नुपर्छ । हामीले हाम्रो सपना प्राप्त गर्न परिश्रम गर्नुपर्छ ।
सबैजनाः हाे,हाे हामी सबैले मिहिनेत गर्नुपर्छ ।
फूलमायाः अब  त ढिला पनि भइसकेछ । लाग्नुपर्छ ।
आकाशः हुन्छ, अब सबैजना लागाैँ ।
(सबैजना आ-आफ्ना घरतिर लाग्छन् ।)