Logo

Student Corner

मेरो देश

Written by: Reva Dangol - 28019, Grade VI

Posted on: 12 July, 2021


मेरो देशको नाम  नेपाल हो । मेराे देश  विश्वको नक्शामा एउटा सानो इट्टा झैँ भए पनि  सुन्दरतामा विशाल रहेकाे छ । संसार कै अग्लो चुचुरो सगरमाथा मेरै देशमा रहेको छ। हिमाल‌‍‍‍ पहाड र तराई मिलेर बनेको देश नेपालमा १२५ जातिका मानिसहरू बस्दछन् । यहाँ धेरै हिमाल, पहाड,  नदी नाला आदि छन् । प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल हेर्न विश्वभरका पर्यटकहरू आउँछन् । नेपाल जलस्रोतको धनी देशहरूमध्ये पर्दछ। नेपालमा पशुपतिनाथ स्वयम्भुनाथ बाैद्धनाथजस्ता धेरै धार्मिक स्थलहरू पनि छन् । नेपालको राजधानी काठमाडाैँमा धेरैजसाे धार्मिक स्थलहरू रहेका छन्  । चारैतिर मन्दिरै मन्दिर भएकाे कारणले काठकाडाैँलाई मन्दिरै मन्दिरकाे सहर पनि भनिन्छ ।
नेपालको राष्ट्रिय जनावर गाई हो भने राष्ट्रिय चरा डाँफे हो। यसैगरी यहाँको राष्ट्रिय रङ्ग सिम्रिक हो र राष्ट्रिय हतियार खुकुरी हो। नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल र गुन्यु चोलो हो । गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी र माता सीता जन्मेको स्थान जनकपुर मेरो देश नेपालमा पर्दछ । 
मेरो देश नेपाल वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ। संसारका ठुला ठुला हिमालमध्ये धेरै हिमालहरू नेपालमा पर्दछन् । नेपालमा ठुला ठुला तालहरूजस्तै रारा ताल गोसाँइकुण्ड छोरोल्पा तालहरू आदि पनि रहेका छन् । 
नेपालका महान चाडहरू दसैँ  र तिहार हुन् । नेपालमा विभिन्न जातजातिका मानिसहरूका  आ आफ्ना चाडपर्व रीतिरिवाज र धर्मसंस्कृति रहेका छन् । जस्तैः जनैपुर्णिमा, ल्हाेसार, होली, छठ इन्द्रजात्रा, घोडेजात्रा  रामनवमी आदि। यहाँ धेरै जातिका मानिसहरू बस्दछन् । जस्तै नेवार,  बाहुन,  लामा,  थारु, शेर्पा, तामाङ्ग आदि।  नेपालमा धेरै राष्ट्रिय निकुन्ज छन्  । जहाँ बाघ, चितुवा, गैडा विभिन्न जनावरहरू पाइन्छन्  । डाँफे, मुनालजस्ता थुप्रै चराचुरुङ्गीहरू छन्। कहिले पनि अरूको सामु हार नमान्ने वीर गोरखालीहरूको नाम अहिले पनि विश्वभर रहेको छ। म आफूलाइ नेपाली भन्न पाउदा गर्वकाे  महसुस गर्दछु।