Logo

Student Corner

मेरो जीवनको लक्ष्य

Written by: Pradnesh Singh Basnet - 27015, Grade VII

Posted on: 11 July, 2021

मानिसहरू संसारमा जन्म लिएपछि कुनै न कुनै लक्ष्य लिएका हुन्छौँ l हामीले आफ्नो लक्ष्य पूरा गर्नलाई हरेक किसिमकl समस्याहरूलाई समाधान गर्दै जानुपर्छ । हामीले समस्याहरू आए भनेर विचमा गएर आफ्नो लक्ष्यलाई छोडनुहुँदैन । ती समस्याहरूकाे समाधान गर्दै निरन्तर रूपमा लक्ष्य प्राप्तिका लागि अग्रसर हुनुपर्छ । मैले पनि आफ्नाे जीवलाई सफल बनाउनका लागि भविष्यमा एक लक्ष्य लिएकाे छु ।   मेरो जीवनको लक्ष्य सूचना प्रविधि विषयमा विद्यावारिधि  गर्ने रहेकाे  छ l

सूचना प्रविधि भनेको अनुप्रयोगहरू बनाउने अथवा अनुप्रयोगहरूलाई सुरक्षित बनाउने हो ।  सूचना प्रविधिलाई  कम्प्युटर कोडिङ पनि भनिन्छ । हामीले सूचना प्रविधि सिक्न गारो छैन तर हामीले यसका लागि  भने विज्ञान विषयलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । सूचना प्रविधिअझै राम्रो सँग बुझ्नको लागि हामीले कम्प्युटर विज्ञानमा गहन अध्यथन गर्न पर्छ । आजको विश्व सूचना प्रविधिमै निर्भर रहेको छ। बिगतमा महिनाै लगाएर मान्छेले गर्ने काम आज कम्प्युटरको सहाराले तुरुन्तै गर्न सक्छ । सामान्य कार्यालयका कामदेखि लिएर चिकित्साविज्ञानलगायत अन्तरिक्ष प्रविधि अथवा कम्प्युटरको महत्त्वपूर्ण भुमिका रहेकाे छ । विश्वका करिब ५६ प्रतिशत मानिसहरूले आफ्नो कामका कम्प्युटरको प्रयाेग गर्दछन्  अझ  भोलिको विश्वमा कम्प्युटर मानव जीवनयापनका लागि नभई नहुने  साधनको रुपमा विकास हुँदैछ।

आजको विश्वमा कम्प्युटरको यति धेरै  महत्त्व र फाइदा भए पनि यसका केही नकारात्मक पक्षहरू पनि छन् जस्तैः हामी कम्प्युटरको अगाडि धेरै लामो समयसम्म बसेर काम गर्दा हाम्रो आँखाका समस्याहरू देखिन थाल्छन् । प्रविधिमा मात्रै धेरै भर पर्दा यसबाट सूचनाहरू चोरी हुने सम्भावनाहरू छन् l कम्प्युटरको धेरै प्रयोगले गर्दा मानिसहरू धेरै बेरोजगार हुने सम्भावना बढेको छ ।

तथापि  कम्प्युटरका केही नकारात्मक पक्षहरू भए पनि विश्व  आजको स्थानसम्म आई पुग्नमा कम्प्युटर विज्ञानको ठुलो देन छ । यही परिर्वतनका कारणले गर्दा आजका समयलाई सूचना प्रविधिकाे  युग पनि भनिन्छ । यसैले सूचना प्रविधिर कम्प्युटरको महत्त्वलाई देखेर यसै विश्वलाई अध्ययन गरी उच्च शिक्षा हासिल गर्ने  लक्ष्य मैले लिएको छु ।  आजका दिनदेखि नै निरन्तर परिश्रम गरी सूचना र प्रविधिकाे क्षेत्रमा गहन अध्ययन गरी उचित निष्कर्ष निकाल्ने छु र हाम्राे देशका लागि पनि यस क्षेत्रमा उचित दिशानिर्देश गरी आफ्नाे लक्ष्यलाई साकार पार्ने छु ।