Written by: Remon Sangat - 25012, Grade IX
Posted on: 07 July, 2021
मनुष्यको कर्तव्य हो गर्नुपर्छ; सेवा
सानो ठुलाे सेवाले नै पाइन्छ नि मेवा
सेवा गर्नु मानिसकाे हाे नि ठुलाे कर्म
सेवाभन्दा अरू ठुलाे केही छैन धर्म।
सम्पत्ती कमाइ खुसी कसले पाएको छ ?
कमाएर सम्पत्ती कसले लएको छ ?
कति हुनु सधैँभरि अरुप्रति अनुदार
देखाउन सक्नुपर्छ ; आफ्नो भावना उदार।
हरायो सत्कार हराउँदै गयो उपकार
हराउँदै गयो मानिसमा मानवता ।
किन हो मानिसमा बढ्दै गयो ; दानवता
आफन्तमा पनि छैन सहयोगी भावना ।
सबैले आजैदेखि गराैँ उपकार,
सेवा गर्ने अवसर फर्की फर्की आउँदैन ।
फैलाउ अमृतको ज्योति छैन अर्को धर्ती
गाह्रो हुन्छ मान्न सबैलाई अरूको अर्ती ।
बाडौँ दयामाया आजदेखि सबैलाई ,
सहयोग गरौँ सबैलाई छैन कोही पराइ।
धर्मकाे अर्काे नाम छ भने, त्याे हाे उपकार
उपकार ले नै ल्याउँछ जीवनमा नयाँ संसार।