Logo

Student Corner

सिकाइ

Written by: Riddhis Sharma - 26006, Grade VIII

Posted on: 07 July, 2021

वर्षदिन सिक्छाैँ   हामी 
जीवनका  लागि 
मिहेनत गरी
अब  हामी बढ्नुछ अघि 


गणित, विज्ञान , अङ्ग्रेजी र नेपाली 
बन्नुछ ठुलो  मानिस असल काम गरी
जति चाेटी लडे पनि उठ्नुछ फेरि
बढ्नुछ अघि हामी   परिश्रम गरी ।

ज्ञान नै ठुलाे  संसारमा सबैभन्दा बढी 
पौडिनु छ ज्ञानसागरमा  हामी थरी थरी
जति ज्ञान बाडिन्छ त्यति ज्ञान बढ्छ
किताबको  ज्ञान त हामी माथि पर्छ ।

वर्ष भरि पढी अब बढ्ने छौँ है 
कोरोनामा पनि हामी छोड्ने छैनौँ  पढाइ
जति चाेटी अड्के पनि प्रयास हामी गर्छौँ 
प्रयास गरी सफल भई लक्ष्य पनि चुम्छाैँ  ।।