Logo

Student Corner

बास्केटबल

Written by: Aavash Malla - 26001, Grade VIII

Posted on: 06 July, 2021

बास्केटबल धेरै रमाइलो खेल हो । बास्केटबल खेलमा दुइ ओटा समूह हुन्छ।  दुबै टिममा ५ / ५ जना  खेलाडी हुन्छन् । दुबै टिमले  बललाई अर्को टिमको टाेकरीभित्र पूर्‍याउनु  पर्ने हुन्छ। बास्केटबल १८९१ देखि खेल्न  थालिएकाे हाे । बास्केटबल खेल ज्मेस नाइस्मिथले  सुरु गरेका  हुन् । बास्केटबलको कोर्ट ९३ फिट लामो र ५० फिट चौडाइमा हुन्छ। बास्केटबलमा अरू खेलहरूमा  जस्तै धेरै नियम हुन्छन्, खेलाडीले दुबै खुट्टा सार्दा बललाई एक हातले ड्रबल गर्नुपर्छ। बास्केटबलको खेलाडीले ड्रबल गर्दा एक पालोमात्र लिन सक्छ र बल सीमाभित्र मात्र रहनुपर्छ। बास्केटबल एक अन्तर्राष्ट्रिय खेल हो र यो खेल जसले पनि खेल्न सक्छ, यो खेलमा गरिब, धनीको भेदभाव हुँदैन। बास्टेकबल खेल्न धेरै मजा आउँछ। यो खेलको रणनीति जानेपछि, बास्केटबल खेल्न धेरै मजा आउँछ। म र मेरो साथी, निशान्त पहिला धेरै बास्केटबल खेल्थ्यौँ तर अहिले कोरोनाले गर्दा  बास्केटबल खेल्न पाएका छैनाैँ । यो खेल सबै लिङ्गका मानिसले खेल्न सक्छन् । यो खेलका केही  चर्चित खेलाडी  भनेका यी हुन्, माइकल बी जोर्डान, कोबी बर्याएन्ट, लिब्रोन ज्मेस, स्टेफन करी आदि हुन्। यो खेलको प्रतियोगिता पनि भयो र २०१९को प्रतियोगितामा टाई भएर दुबै पक्षले जितेनन्। बास्केटबलका  खेलाडी कोबी बर्याएन्टको निधन एक हवाइजहाज दुर्घटनामा परी  भयो, यो कुराले बास्केटबल समुदायलाई दुखित पारेको छ।