Written by: Aayan Basnet - 25019, Grade IX
Posted on: 28 June, 2021
विश्वमा नेपालको विशिष्ट र भिन्न संस्कृति छ । नेपाल बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक राष्ट्र हो । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेकाे देश हो । नेपालमा भिन्न- भिन्न धर्म, जात, भाषाका मानिसहरू बसाेबास गर्दछन् । सबै जातजातिका आआफ्नै धर्म, परम्परा, भाषाहरू र संस्कृतिहरू छन् । वर्तमानमा नेपालमा १२३ जति भाषाहरू छन् ।
नेपालमा धार्मिक सहिष्णुता छ । सबै धर्मले एक अर्काको सम्मान गर्छन् । नेपालमा हिन्दुहरू धर्म मान्ने मानिसहरुकाे बाहुल्यता भए पनि नेपालको संविधानले सबै धर्मलाई समान मानेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र हो । म चाहिँ हिन्दु धर्म मान्छु । यसरी नै सबै धर्मका आ-आफ्नै रीतिरिवाज र परम्पराहरू छन् । हिन्दुहरूले दसैँ , तिहार, आदि चाडपर्व मनाउँछन् । दसैँ हिन्दुधर्मावलम्वीहरूको सबैभन्दा ठुलो पर्व हो । दसैँ घटस्थापनाबाट सुरु भएर पूर्णिमासम्म मानाइन्छ । दसैँपछिको हिन्दुधर्मावलम्वीहरूको दोस्रो ठुलो चाड तिहार हो । तिहारलाई दिपावली, यमपन्चक, पनि भनिन्छ । तिहारलाई प्रकाशको उत्सव पनि भन्ने गरिन्छ । हामी तिहारमा गाई, काग, कुकुर र लक्ष्मीको पूजा गर्छौं । यो पर्वमा सबैले आफ्नो घरलाई झिलिमिली बत्तीले सजाउँछन् । यस्तै नेपालमा गाई जात्रा, माघे सङ्क्रान्ति, होली, छठ, इन्द्रजात्रा, ल्हाेसार, क्रिसमस इद आदि विभिन्न चाडपर्वहरू मनाइन्छ । क्रिश्चियनहरूले क्रिस्मस, मुस्लिमहरूले इद- उल फित्र इद र बक्र इद आदि मनाउँछन् । बाैद्ध धर्मावलम्वीहरूले बुद्ध पूर्णिमा, शेर्पाहरूले ल्हाेसार, चाैधरीहरूले माघी आदि आआफ्ना संस्कृतिअनुसारका चाडपर्वहरू मनाउँछन् ।
नेपालमा केही नराम्रा प्रथाहरू पनि छन् । बाल विवाह, बहु विवाह, छाउपडी प्रथा, दाइजाे प्रथा आदि प्रथाले नेपाली समाजलाई पछाडी धकेल्दै गइरहेका छन् । यस्ता प्रथाले मानिसकाे हित गर्दैन । त्यसैले यस्ता प्रथालाई हामीले हटाउँदै लैजानुपर्छ । संस्कृति र परम्परा भनेकाे मानिसका हितमा हुनुपर्छ ।