Logo

Student Corner

असार १५

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 28 June, 2021

(मिलन र राम एकै  कक्षामा पढ्ने साथी हुन् ।   उनीहरू धेरै मिल्ने साथी हुन्  । एकदिन सँधै  झैँ राम मिलानको घरमा खेल्न आउँछ । मिलन भने त्यहाँ हुँदैन । उसले मिलनका लागि केही समय पर्खिन्छ । मिलनभने झोलामा चिउरा बोकेर आउँछ । त्यसपछिको  कुराकानीलार्इ तल प्रस्तुत गरिएकाे  छ ।)

राम :तिमी काहा गएर आएको मिलन ?
मिलन: म काकाको घरबाट चिउरा लिएर आएको नि । तिमीलाई थाहा छैन भोलि असार १५ गते  दहीचिउरा खाने दिन हो ।
राम : हुन त हो । म  पनि सानैदेखि  आसार १५ गते दही चिउरा खाँदै आएको हो तर यो पर्वचाहिँ  किन मनाइने होला ?
मिलन : मलाई पनि धेरै त थाहा छैन जाने जति म भन्छु  है । नेपाल एक कृषिप्रधान देश हो त्यसमध्ये पनि  नेपालमा धानलाई भने धेरै महत्त्व दिइन्छ। असार महिनामा भने वर्षा धेरै हुन्छ । पानी परेका बेला खेतहरू भने धेरै ओसिलो साथै हिलोले मजाले भरिएको हुन्छ त्यति बेला  धान रोप्नको लागि राम्रो समय हुन्छ । त्यसैले येसलाई राष्ट्रिय धान  दिवस पनि भनिन्छ । यो हाम्रो पुर्खा देखि मनाएको पर्व हो नि । यसलाई रोपाइँ दिवस पनि भनिन्छ। 
राम : त्यसो भए किन यो दिनमा दही चिउरा नै खाइन्छ त ?
मिलन : मलाई पनि धेरै त थाहा छैन । मैले  यसबारे चाहिँ पत्रिकामा पढेकी थिए  र बुबाले पनि भन्नुभएको थियो  । बुबाका अनुसार भने धान रोपी सकेपछि दहीचिउरा धान रोपेको हर्षमा खाइने साथै शरीरलाई पनि शीतलता प्रदान गर्छ भनेर भन्नुभएको थियो ।
राम : त्यसो भए पत्रिकामा चाहिँ के पढ्याै त तिमिले ?
मिलन: पत्रिकामा चाहिँ यसको वैज्ञानिक कारण लेखेको थियो । पत्रिकाका अनुसार भने असारका दिनहरूमा सूर्यको किरणका कारण माटो तातिने गर्छ । त्यसैद्वारा माटोमा धेरै जीवाणुहरूलाई विकास गर्ने क्षमता हुन्छ तर माटो ओसिलो नभएका कारण थोरै मात्र जीवाणु विकास हुन्छ । असारमा पानी परेपछि माटो ओसिलो हुन्छ र जीवाणु पनि विकास हुन्छ्न् । भने दहीमा चाहिँ राम्रा जीवाणु हुन्छ जसले हाम्रो शरीरलाई नराम्रो जीवाणुबाट बचाउने गर्छ । चिउराले भने दहीमा भएको ओसिलोलाई  सोस्ने गर्छ । साथै हामीले थोरै खाँदा पनि भोक लाग्दैन ।त्यसैले दहीचिउरा खादा हामीलाई रोगबाट पनि बचाउने गर्छ साथै हामीलाई छिटो भोक पनि लाग्दैन नि ।
राम :हो र ! हाम्रा पुर्खाहरूले त यसबारे धेरै सोचविचार गरेका रहेछन् नि ।
मिलन: यस पर्व मनाउनका लागि बिहानैदेखि पुरुष भने खेतमा आउँछन् र हलो जोत्न थाल्छन्  अनि पुरुष र महिलाले धानका बीउहरू  छर्न थाल्छन् । यस पर्वम पुरुष र महिलाले एकैनास काम गर्छन् । अहिले त नेपाल घुम्न आउने पर्यटकहरू माझ पनि यो पर्व धेरै प्रख्यात छ नि ।
राम : धन्यवाद मिलन ! तिमीले आज मलाई धेरै कुरा बारे जानकारी दियौ । मलाई त यसबारे थाहा नै  थिएन ।
मिलन : हामीले पनि हामीले मनाउने छ्डबारे थाहा पाउनुपर्छ नि  । ल अब खेल्न  जाऊँ ।

( दुबै खेल्नका लागि चौरतर्फ जान्छन्  ।)