Written by: Nishan Shrestha - 25008, Grade IX
Posted on: 22 June, 2021
बगेको खोलालाई राेक्न सकिएन
भ्रष्टाचारलाई पनि अब छेक्न सकिएन
राेजगारी नपाएर विदेशिने युवा
उतै बसे आएनन् ती सम्झी सम्झी रुँदा
मिहिनेत गरे देशकाे विकाश हुन्छ
सुन चाँदी हिरा यही फल्छ
गरिबकाे जीवन गरिबीमै बित्छ
धनीकाे सुखसयलमै बित्छ
राेएकी छन् नेपाल आमा
राेएका छन् नेपाली जनता
देश विकाश गराैँ सबै मिली
नजाऔँ है कतै अन्त
नेपाल आमा आँशु नबगाऊ है अब
बुझाैँ पीडा सबैले आँशु झार्न नदिऔँ अब
मिली बसाैँ स्वदेशमा गराैँ देशकाे सेवा
देश हामी सबैकाे हाे हाेइन कसैकाे पेवा