Logo

Student Corner

फेरि आयाे काेराेना

Written by: Aayush Subedi - 27003, Grade VII

Posted on: 17 June, 2021

फेरि आयाे फर्केर काेराेना
विश्वलाईथाल्याे थर्काउन
गत वर्ष दुःख भाे अति 
भयाे नि धेरै नै क्षति । 

केही कम भएकाे थियाे 
ढुक्ककाे सास फेरिएकाे थियाे 
रूप फेरी झुक्याउँदै आयाे 
बलिया युवालाई खायाे ।

गुम्सियाैँ दश महिना हामी
पढ्दा नि आखा नै खानी
दश महिनामा स्कुल गयाैँ 
खुसी भै पढ्याैँ र खेल्याैँ ।

टिकेन धेरै दिन खुसी 
रूप फेरि मार्‍याे बुर्कुसी
आयाे नि उग्र बनेर 
हाम्राे त शत्रु बनेर ।

फेरि पनि गुम्सियाैँ हामी 
कैदी झै बस्छाैँ  बनेर 
अनलाइन कक्षामा पढ्छाैँ
सिकाइकाे सहारा मानेर ।

काेराेना चाँडै  नै जा है
धर्तीबाट नै भागेर
हराउनू है छिटै छिटै
कहिल्यै नआउने गरेर ।