Written by: Aakanchhya Khadka - 27001, Grade VII
Posted on: 15 June, 2021
रूप त सामान्य लिएर आएको थियो
तर विश्वमा ठुलो क्षति पुर्याउन आयो ।
सबैका मन मन र घरहरूमा
एक प्रकारको त्रास नै त्रास निम्तायो ।
यो कस्तो अचम्मको हो देखिँदैन
तर छ यो धेरै धेरै नै भयङ्कर ।
आफ्ना साथी भाइ र आफन्तहरूलाई
भेट्ने चलन पनि आफूसगै लग्याे ।
कार्यालय , विद्यालाय पनि बन्द
सबैजसो ठाउँमा बन्द नै बन्द ।
हामी सबै आफ्ना घरमा छाैँ
सकेसम्म यसबाट बच्छाैँ ।
आज भोलि भन्दाभन्दै हाम्रा
बन्दै छन् दिन नै नराम्रा
सबैतिर कोरोनाको त्रास नै त्रास
मर्दै छ अब विद्यालय जाने आश ।
अब हाम्रो राम्रो दिन कहिले आउने होला ??
कहिले कोरोनाबाट छुटकारा पाउने होला ??
कोरोनाबाट हामी बँच्न सक्दो प्रयास गरौँ
सकारात्मक मनोभावना बनाउने गरौँ ।