Written by: Sonu Lama - 27013, Grade VII
Posted on: 14 June, 2021
फर्की आयाे काेराेना फेरि
बाँच्ने हाे अब के गरी
लकडाउनकाे दाेस्राे भाग आयाे
भाेक राेगले मानिसलाई खायाे ।
कस्ताे राेग आयाे है यहाँ
काेराेनाकाे त्रास मस्तिष्कमा
सबैलाई बेफाइदा गर्याे
अकालमा ज्यान यसले लग्याे ।
बस्छ है फाेक्साेमा जमी
अक्सिजनकाे भयाे नि कमी
सास फेर्न भयाे नि गाह्राे
सुन्दा नै मन हुन्छ साह्राे ।
सामाजिक दूरी कायम गराैँ
बिनाकाम हिँडडुल नगराैँ
सबैले माक्स प्रयाेग गराैँ
आत्मबल दरिलाे पाराैँ ।
काराेना परास्त गराैँ ।