Written by: Jiya Sapkota - 25003, Grade IX
Posted on: 09 June, 2021
देशको लागि रगत बगाउछु भन्ने
ए ! वीर नेपाली तिमी कता हरायौ ?
तिमीसँगै हराए तिम्रा वाचा पनि
छौ कि कतै अझै पनि भनी
खोज्न मन छ मलाई
कहाँ छौ तिमी ?
कुना, कन्दरामा लुकेका पो छौ कि
कसैले नदेख्ने ठाउँमा बसी
एक्लै रोएका पो छौ कि ?
उठाउँछु भन्थ्यौ आवाज
अन्यायका विरुद्ध
गर्छु भन्थ्यौ सङ्घर्ष ,
अन्यायका विरुद्ध ।
तिम्रो बाटो हेरी बसेका छन् सबै
तिम्रो खाँचो छ देशलाई
हसाउनु छ तिमीले आमालाई ,
तिमी जहाँ छौ
तिमी जस्तो छौ
तिमी आउने छौ
तिमी अब हराएर पनि आउने छौ ।