Logo

Student Corner

फेरि आयाे काेराेना

Written by: Ravi Raj Singh - 27010, Grade VII

Posted on: 09 June, 2021

फेरि पनि अहाे काेराेना आयाे 
मान्छेकाे लापरवाहीले मान्छेलाई नै खायाे ।
सुरूमा त मान्छे धेरै नै तर्सिए
समय बित्दै जाँदा साहस देखाए ।
 
जति पछि त्यति मानिस मर्न थाले 
वैज्ञानिकले अनुसन्धान गर्न थाले 
विस्तारै वैज्ञानिकले खाेप पत्ता लगाए
विस्तारै छिमेकी साथ दिन थाले ।
 
पूर्व पश्चिम दिशाबाट खाेप पनि आयाे 
डरमा बाँच्ने मान्छेलाई साहस देखायाे 
छानी छानी धेरैले  खाेप लगाए
बाँचिन्छ कि भन्ने आस जगाए ।
 
मान्छेहरूले सावधानी अपनाउन छाेडे
खाेपकाे भरमा जथाभावी त्यसै  हिँड्न थाले
काेराेना फर्केर आयाे  तर नयाँ रूपमा
दिँदै छन् सबले यसलाई मृत्युकाे उपमा ।