Logo

Student Corner

कोरोना

Written by: Kristina Rai - 27006, Grade VII

Posted on: 03 June, 2021

कस्तो आयो कठोर दिन 
भाइरसले थाल्याे ज्यान लिन।
विश्वभरि भयो साह्रै  डर
नयाँ कोरोना, के थाहा छर। ||१||

चिनबाट भयाे नि जन्म
थाल्याे नि सबकाे ज्यान काम्न 
फाेक्साेकाे शक्ति सब चुस्याे 
लाखाैँको ज्यान यसले  लियाे। ||२||


काराेनाले समपूर्ण नेपाली
परदेशमा छाडि गयाे।
आफू मात्र घुमी  हिड्याे
सबैलार्इ लकडाउनमा पार्‍याे। ||३||

यसले  नै सबैलाई 
घरभित्र हुल्याे।
आफूभने  डुली डुली
मोजमस्तीमा भुल्याे ||४||


भन् कोरोना, कहिले 
संसार छोडी जान्छस् ।
कहिलेसम्म हामीलाई 
यति दु:ख दिन्छस् । ||५||


हे कोरोना,अब 
मानिसको ज्यान लिन छोड्नू।
जसरी भए पनि अब
संसारबाट भाग्नू। ||६||