Written by: Aaradhya Prasai - 28001, Grade VI
Posted on: 20 May, 2021
जीवन एउटा गीत रहेछ
सुर मिलाएर गाउनुपर्ने ।
जीवन सगरमाथा रहेछ
जसकाे उचाई छुनुपर्ने ।
जीवन लक्ष्य रहेछ
हासिल नगरी नहुने ।
जीवन बाटाे रहेछ
हिँड्दा हिँडैदै टुङ्गिने ।
जीवन परीक्षा रहेछ
परिणामस्वरूप फल पाउने ।
जीवन फल रहेछ
प्राप्तिका लागि धाउनुपर्ने ।