Logo

Student Corner

फेरि आयाे काेराेना

Written by: Suprabh Acharya - 27014, Grade VI

Posted on: 18 May, 2021

घुमीफिरी कोरोनाको
नया रूप आयो 
आमा बुबा काका काकी
सबैलाई खायो ।।

कोही ज्वरो कोही खोकी 
पखाला र बान्ता 
यो कोरोना खतरा रे
नजानू है अन्त ।।

फेरी भयो बन्दाबन्दी
विद्यालय बन्द
गाडी प्लेन पनि बन्द
खुल्ने छैन छन्द ।।

फोनबाटै गरौँ कुरा 
भेट-घाट होइन
जो जहाँ छौँ त्यहीँ बसौँ
बल्ल होला चैन ।।

यो वर्ष नि पढ्दै छौँ है
घरमा बसीबसी
परास्त गरौँ कोरोनालाई 
सबले कमर कसी ।।